७ बैशाख २०८१, शुक्रबार

अठाह्र महिनामा गर्न नसकेको काम १८ दिनमै गरेर देखाएः नेता महतो

rajendra mahato 750x375 1

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले अधिकार प्राप्तिका लागि मधेशीबीच एकता आवश्यक रहेपनि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवले यसलाई बिखण्डन गरेको आरोप लगाएका छन् ।

राजविराजमा शुक्रबार आफ् ना पक्षका अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । “आफूहरुसँगै बस्न नसक्ने कारण देखाई अलग गरिदिनका लागि उपेन्द्र यादव निवेदन लिएर निर्वाचन आयोग गएका थिए, नेता महतोले भने “आयोगले उनलाई आधिकारिता दिँदै इच्छा पुरा गरिदिएको छ ।” उपेन्द्रको इच्छा पुरा भएपनि मधेशी एकता खण्डित भएको बताउँदै नेता महतोले यस्ताहरुसित सजग रहन कार्यकर्ताहरुलाई सुझाव दिए ।

मदेशवादका प्रणेता स्व. गजेन्द्र नारायण सिंहले मधेशी एकतामा सबै भन्दा बढी जोड दिने गरेको स्मरण गर्दै उनले अहिले एकता फोडेर उपेन्द्र यादवले ठूलो अपराध गरेको टिप्पणी गरे ।
“अधिकार प्राप्तिका लागि ताकत चाहिन्छ, ताकतका लागि एकता चाहिन्छ, महतोले थपे, “एकता भाड्ने तत्वलाई जनताले दण्डित गर्नु जरुरी छ ।”

पार्टी फुटेर शुन्य अवस्थामा पुग्न लागेका उपेन्द्र यादवलाई मधेशी मधेशीबीचको एकता बलियो तुल्याउन आफूहरुले निशर्त एकता गरेर उनको पार्टीलाई जोगाई दिएको दाबीका साथ महतोले भने, “अहिले उपेन्द्र यादव त्यो गुण बिर्सेर पार्टी फोड्ने काममा व्यस्त देखिएका छन् ।”

मधेश बिरोधी भनेर चिनिएका तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई मधेशका पक्षमा माँग पुरा गर्न आफूहरुले तयार पारेको जिकिर गर्दै उनले कार्यकर्ताको रिहाई, मुद्दा फिर्ता, नागरिकता विदेयक लगायतका उपलब्धी छोटो समयमै पाएको दाबी गरे ।

मधेशको पक्षमा ओली सकारात्मक भएपछि हामी उनको नेतृत्वमा १८ दिन मन्त्रिमण्डलमा बसेकै हो, उनको प्रश्न थियो उपेन्द्र १८ महिना ओली नेतृत्वकै सरकारमा बसेर मधेशका लागि के–के काम गर्न सक्यो ? पूर्वराजपाका जिल्ला संयोजक सुनिल झाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका कार्यकारणी सदस्य केशव झा, केन्द्रिय सदस्य राजिव झा, जयप्रकाश ठाकुर, बिनोद सिंह, दिपेन्द्र चौधरी, साधना झा, बिजय यादव, दिनेश यादव, अमरनाथ मण्डल, यूवानेता बिनोद यादव र शम्भु यादव लगायतले पनि बोल्दै पार्टी विभाजन भए मधेशमा जसपा नेपाल महन्थ र राजेन्द्र समूह नै बलियो रहने दाबी गरेका थिए ।

महतोको स्वागतमा राजविराजदेखी १० किलोमिटर उत्तर रहेको रुपनी बजारबाटै सयौंको संख्यामा कार्यकर्ताहरुले मोटरसाइकल ¥याली सहित उनको पक्षमा नाराबाजी गर्दै कार्यक्रम स्थल जिल्ला समनवय समितिको प्राङ्गणमा पुगेका थिए ।