२५ बैशाख २०८२, बिहीबार

माधव नेपाल निकट एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीलाई माफी माग्न लगाउने निर्णय

madhav nepal 1 1
फाइल फोटो

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो ।

केन्द्रीय कमिटी सदस्यहरूले मिश्रित धारणा राखेका छन् । कसैले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा सहभागी हुनुपर्ने बताए भने कसैले पार्टीलाई प्रतिपक्षमा राखेर सरकारमा जान नहुने धारणा राखेका थिए ।

यस्तै अध्यक्ष केपी शर्मा ओलीले माफी मागे मात्रै पार्टी एकता गर्नुपर्ने पनि केहीको भनाइ थियो ।

बैठकमा पार्टी एकताको विषयमा छलफल भए पनि केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।

उनले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको बताए । ओलीलाई हटाउन नसके र उनी नसुध्रिए अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीले बताए ।

ओलीलाई एक साताभित्र सार्वजनिकरूपमा माफी मागेर पार्टी एकताको लागि वातावरण बनाउन डेडलाइन दिइने चौधरीले जानकारी दिए। तलैसम्म पार्टीका समानान्तर गतिविधिहरू चलाउने र सरकारमा पनि जाने उनले बताए ।