१५ चैत्र २०८०, बिहीबार

स्वास्थ्य राज्यमन्त्रीको पदमुक्ती लगायत ५ बुँदे माग पुरा नभए अनशन बस्ने डा. केसीको चेतावनी

drgovindakc
फाइल फोटो

स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार समक्ष विभिन्न पाँच बुँदे मागहरु अघि सारेका छन् । डा.केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका ५ बुँदे माग अघि सार्दै ती माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने उनको घोषणा छ ।

स्वास्थ्य र मेडिकल शिक्षाजस्ता विषयलाई सरकारले पर्याप्त प्राथमिकता नदिएको तथा संवेदनशील नभएको भन्ने कुरा स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले देखाएको डा। केसीको भनाइ छ ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी निजी अस्पताल अस्पताल सन्चालक राज्य मन्त्री नियुक्त गरिएको भन्दै उनले तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन् । नले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्य मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् ।

बीपी प्रतिष्ठानमा अरबौं भ्रष्टाचारका लागि दोषी पदाधिकारीहरुले उन्मुक्ति नपाउन्, त्यहाँ उस्तै भ्रष्टहरुको नियु्क्ति नदोहोरियोस् तथा नेपालको राजनीतिमा नीतिगत भ्रष्टाचारले जरा नगाडोस् भन्दै केसीले पाँच बुँदे माग अघि सार्वजनिक गरेका छन् ।