४ बैशाख २०८१, मंगलवार

क्रियाशील सदस्यता टुङ्गो नलाग्दा महाधिवेशनका टुङ्गो लागेन : महामन्त्री कोइराला

dr sashank e1628226886468

नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्यता टुङ्गो नलाग्दा महाधिवेशनका टुङ्गो नलागेको बताउनुभएको छ ।

आज भरतपुर विमानस्थलमा पत्रकारहरुसंँग कुरा गर्दै महामन्त्री कोइरालाले क्रियाशील सदस्यता टुङ्गो लागेपछि मङ्सिर सम्म महाधिवेशन हुने बताउनुभएको हो । ‘क्रियाशील सदस्यता एकबर्ष अघि नसल्टाउनु हाम्रो कमजोरी हो , उहाँले भन्नुभयो, यो विवाद वडातहबाटनै हुँदा समस्या भएको छ ।’

जहिले पनि अधिवेशन नजिकै आउँदा क्रियाशील सदस्यतामा समस्या आउने गरेको उहाँले बताउनुभयो । जिल्ला सभापति , क्षेत्रीय सभापति , वडा सभापति बिच र अन्य पार्टीबाट आएका समायोजनका कुरा धेरै कुरा नमिल्दा महाधिवेशनको निश्चित हुन सकेन । उहाँले भन्नुभयो ।

महाधिवेशनमा आफ्नो पनि उम्मेदवारी रहेको भन्दै कोइरालाले भन्नु भयो, ‘म पनि सभापतिको उम्मेदवारी हो, अरुपनि धेरै छन् । महाधिवेशन छिटो भन्दा छिटो होस भन्ने हो ।’