१६ चैत्र २०८०, शुक्रबार

काँग्रेसको महाधिवेशन मंसिरमा हुने गरी मिति तोक्नुपर्छः महामन्त्री कोइराला

Sasank koirala 1 1024x583 1
फाइल फोटो

नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले पार्टीको चौधौँ महाधिवेशन आगामी मंसिरसम्म सम्पन्न हुनेगरी मिति तोक्नुपर्ने बताउनुभएको छ । यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि क्रियाशील सदस्यता विवादले त्यो सम्भव नभएको बताउनुभयो ।

आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसग कुराकानी गर्दै महामन्त्री डा. कोइरालाले तोकिएको मितिमा महाधिवेशन असम्भव भइसकेको भन्दै चाँडै केन्द्रीय समितिको बैठक बोलाएर मंसिरसम्ममा गर्नेगरी मिति तोक्नुपर्ने बताउनुभयो ।

महाधिवेशनको मुखमा आएर मिति सार्दा नेता कार्यकर्तामा नैराश्यता छाएकाले चाँडै मिति तोक्न पदाधिकारीको बैठकमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।

महाधिवेशन आउनु अघि एक वर्ष अघिनै क्रियाशिल सदस्यताको टुंगो लगाउनुपर्नेमा त्यसो गर्न नसक्नुमा काँग्रेसको कमजोरी रहेको भन्दै जिल्ला जिल्लामै विवाद भएकाले समस्या भइरहेको उहाँको भनाइ छ ।

महामन्त्री कोइरालाले आफूपनि आगामी महाधिवेशनका लागि सभापतिको उम्मेदवार रहेको भन्दै जित सुनिश्चत गराउन छलफल चलिरहेको बताउनुभयो । साथै महामन्त्री कोइरालाले आफू सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभयो ।