१२ बैशाख २०८१, बुधबार

एमाले विवादः सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्न नेपाल पक्षको माग

madhav nepal
फाइल फोटो

नेकपा एमालेको माधवकुमार नेपाल पक्षले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । माधव पक्षका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताए ।

१० बुँदे सहमति जुटाउने कार्यदलका संयोजक भीम रावलले सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेको नेता रघुजी पन्तको भनाई ।

१० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ । नेता पन्तले बैठक भोलि बिहान साढे ११ बजे पुनः बस्ने बताए ।

आजको बैठकमा विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशी लगायतले धारणा राखेका थिए ।

बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएर हस्ताक्षर गरकेका छन । बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेट समय उपलब्ध गराइएको थियो । पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा आफू पक्षका नेताहरूको धारणा बुझ्नका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन् ।

नेता नेपालले अध्यक्ष केपी ओलीको पछिल्ला अभिव्यक्ति एकता गर्ने भन्दा पनि आफूहरुलाई एकताको बाटोबाट डिरेल गर्ने उद्देश्यबाट आएको पनि जिकिर गरेका छन ।

बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने उल्लेख गरे ।

‘एकताकै लागि केपी ओलीकै मान्छेहरु पनि आएर मसँग बारम्बार छलफल गरिरहेका छन्’, नेपालले बैठकमा भने, ‘तर एकलौटी ढंगले केपी ओलीको एकलकाँटे कुरा रोकिएको छैन ।’

यस्तै बैठकमा विवाद मिलाउन गठन भएको कार्यदलमा भएका प्रगतिबारे भीम रावलले ब्रिफिङ गरेका थिए । अहिले बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरेका छन ।