७ बैशाख २०८१, शुक्रबार

पर्दा भित्रको कथा ‘एउटा सपना छ’

pul garima

कोभिडको महामारीको बिचमा पनि म्युजिक भिडियो उत्पादनको क्रम रोकिएको छैन । यसै समय फिल्म नबने पनि नायक नायिकाहरु म्युजिक भिडियो मार्फत आफ्ना दर्शकरु माझ पुगिरहेका छन ।

म्युजिक भिडियोमा कलाकार पल शाह निकैनै व्यस्त रहेका मध्यका एक हुन । साथै टिकटकबाट चर्चा कमाएकी मोडल गरिमा शर्मा पनि धैरै नै ब्यस्त रहेकी देख्न सकिन्छ।

पल र गरिमाले अभिनय गरेको “एउटा सपना छ” को म्युजिक भिडियो हालसालै युट्युबमा सार्वजनिक भएको छ । कलाकारको नक्कली आईडीबाट कसरी समाजिक सन्जालामा गफ गर्ने देखी फट्याइ गर्नेहरु बढेका छन भन्ने कुरा यस भिडियोमा देख्न सकिन्छ ।

निर्देशक हरि हुमागाँईले कलाकारको नामबाट गरिने यस्ता फट्याँईले पनि असर गर्छ भन्ने कुरा देखाएका छन ।

मुन प्रसाई(जुन)को स्वरमा रहेको गीतको भिडियोमा पल र गरिमाले अभिनय गरेका छन् । लगभग १८ मिनेटको भिडियो मार्फत हुमागाँईले प्रस्तुत गरेको कथा बस्तु समसामईक रहेको छ ।