१५ चैत्र २०८०, बिहीबार

अक्षयकुमारको ‘बेलबटम’ अमेजनले किन्यो

Bellbottom

बलिउड अभिनेता अक्षय कुमार स्टारर ‘बेलबटम’लाई ओटीटी प्लेटफर्म रिलिजको लागि अमेजन प्राइमले ४५ करोड भारुमा खरिद गरेको छ । संचारमाध्यमका अनुसार यसअघि ९० करोड भारुमा डील भएपनि भारतीय ओटीटीमा आउने भएपछि उक्त मूल्यमा फिल्मको राइट किनिएको हो ।

फिल्म मास्टरजस्तै अब दक्षिण भारतीय बेलबटम पनि हलमा रिलिज भएको दुई सातामा ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । फिल्म निर्माता तथा बजार विज्ञ गिरीश जौहरका अनुसार बेलबटम रिलिज हुने बेलासम्म महाराष्ट्र राज्यमा जारी लकडाउनमा केही खुकुलो हुनसक्छ ।

उनका अनुसार गोवा, महाराष्ट्र र गुजरातका फिल्म हलहरु केही अकुपेन्सीसहित खुल्न सक्छन् । केही ठाउँमा विकेन्डमा फिल्म हल खोल्न रोक लगाइएको अवस्था छ । यसैबीच, निर्देशक रोहित सेठ्ठीले डिजिटल प्लेटफर्ममै फिल्म रिलिज गर्नेबारे नेटफिल्क्ससँग अन्तिम छलफल थालेका छन् । नेटफिल्क्सले थप प्रतीक्षा नगर्ने संकेत दिएपछि रोहितले छलफल चलाएका हुन् ।