८ बैशाख २०८१, शनिबार

गरिब जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिने तयारी : ऊर्जा मन्त्री

Pro Ktm Urja mantri1 1024x597 1

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरिबिको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपयोग गर्न दिने तयारी निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ ।

मन्त्रालयमा आज पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले गरिबीको रेखामुनि रहेका जनताहरूलाई कहीँ राहत दिनुपर्छ भनेर निःशुल्क विद्युत् दिने गरेर तयारी गरिरहेको बताउनु भयो ।

उहाँले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्‍याउनको निम्ति पनि आफू क्रियाशील रहेको भन्नुहुँदै सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको बताउनुभयो ।

उर्जामन्त्री भुसालले सातै प्रदेशका नदीबाट विद्युत् उत्पादन गर्नका लागि अध्ययन गरिरहेको पनि बताउनुभयो ।