७ बैशाख २०८१, शुक्रबार

महन्थ ठाकुर नयाँ दल गठनको अभ्यासमा

mahant thakurrr 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी(जसपा)नेपालको अध्यक्ष रहेको दावीगर्दै महन्थ ठाकुरले नयाँ दल गठनको गृहकार्य थालेका छन् ।

सर्वोच्च अदालतमा हालेको रिटमा अन्तरिम आदेश जारी नभएपछि अर्को दल गठनको गृहकार्यमा ठाकुर समुहले काम अगाडी बढाएको छ ।

ठाकुर र शरतसिंह भण्डारी विहिवार जनकपुरधाम आएर धनुषामा पूर्व राजपाका नेताहरुलाई जोड्ने प्रयत्न गर्नेछन् । त्यसकालागि पूर्व राजपामा रहेका पदाधिकारी, प्रदेश सभासदस्य, पालिकाका जनप्रतिनिधि, केन्द्रिय सदस्यहरु, जिल्लाका प्रतिनिधिहरुसित ठाकुर र भण्डारीले आन्तरिक छलफल गर्ने स्रोतले जनाएका छन् ।

स्रोतका अनुसार जिल्लामा समन्वय र बैठक गर्न मोटो रकम ठाकुर समुहले खर्चिरहेको छ ।महँगा होटेलहरुमा बैठक र ठाकुर– भण्डारीलाई विमानस्थलमा स्वागत गर्न भीड जुटाउन आवश्यकता भन्दा बढी रकम उपलब्ध गराइएको स्रोतले जनाएका छन् ।

पूर्व राजपाको धनुषामा रहेका चार दर्जन बढी केन्द्रिय सदस्य मध्ये तीन दर्जन बढीको बैठकमा सहभागिता रहेको प्रदेश सभासदस्य परमेश्वर साहले बताए । ‘जसपाको आधिकारिकता सम्बन्धी निर्वाचन आयोगको फैसला गलत रहेकाले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएकोछ’उनले भने, अदालतको फैसला नआए सम्म हामीपनि जसपा नै छौ ।

‘पार्टीको आधिकारिकता जसपाका अध्यक्ष उपेन्द्र यादव समुहलाई दिएपनि महन्थ ठाकुरलाई अध्यक्षबाट हटाइएको छैन्’ साहले भने, भेलामा पार्टीमा कानुनी हैसियत, राजनीतिक अवस्था लगायतका विषयमा नेताहरुले जानकारी दिने छन् । स्रोतका अनुसार ठाकुरले बैठकबाट दल गठन गर्न सक्ने शक्तिको अनुमान गर्ने छन् ।

उनीहरुले महोत्तरी जिल्लामा शुक्रवार बृहत्त बैठक बोलाएका छन् । जसपाको अध्यक्ष कै रुपमा ठाकुरलाई प्रचार गरिएको छ ।बैठकमा पूर्व राजपालाई बोलाएपनि ठाकुरलाई जसपाको अध्यक्ष र सिंहलाई नेताको रुपमा प्रचार गरिदैछ । तर राजपाका पूर्व अध्यक्ष एवं हाल जसपाका महोत्तरी जिल्ला अध्यक्ष रहेका नागेन्द्र यादवले जसपाको जिल्लामा कुनै भेला आयोजना नभएको बताएका छन् ।

‘साउन २१ गते जिल्ला स्तरीय बृहत्त भेला बोलाइएकोछ’ उनले भने, २२ गते जसपाको महोत्तरीमा कुनै कार्यक्रम छैन् । यादव समुहले कार्वाही नगरे सम्म जसपामै रहेर अर्को दल गठनको तयारी गर्ने रणनीति ठाकुर समुहले बनाएको छ ।

जसपा छाड् दा सांसद पद समेत खारेज हुने भएकाले जसपामै रहेर अलगै अभियान चलाउने रणनीति अनुसार नै धनुषा र महोत्तरी जिल्लामा संगठनात्मक शक्तिको अनुमान गर्न भेला आयोजना गरिएको छ ।

सभासद साहका अनुसार भेलामा ठाकुरका अतिरिक्त सांसदद्वय राजेन्द्र महतो, शरतसिंह भण्डारी र प्रदेश सभासदस्य बाबुलाल साह रहने छन् । जसपामा ठाकुर अध्यक्ष, महतो वरिष्ठ नेता, भण्डारी र साह कार्यकारिणी सदस्य छन् । पूर्व राजपाका दुई जना संयोजक महेन्द्र राय यादव र राजकिसोर यादव आधिकारिक समुहमा सकृय छन् ।

उनीहरुको पूर्व राजपामा रहेको जिल्ला स्तरीय संगठन समेत आधिकारिक समुहमा विलय भइसकेको छ । धनुषा जिल्लामा जसपाको कुनै बैठक नभएको र कार्वाहीमा परेका केहि व्यक्तिहरुले भ्रम सृजना गरिरहेको आरोप जसपाका अध्यक्ष पशुपति यादवले लगाएका छन् ।

‘निर्वाचन आयोगले आधिकारिक घोषणा गरेको उपेन्द्र यादव एकल अध्यक्ष बाहेक पार्टीमा अर्को अध्यक्ष रहेका छैनन्’ उनले भने, अनधिकृत रुपमा कसैले जसपाको नाममा भेला आयोजना गर्नु अवैधानिक र कार्वाहीको भागी हुने छ । उनले अनधिकृत भेला, बैठकमा सहभागि नहुन जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।