७ बैशाख २०८१, शुक्रबार

माधवकुमार नेपाल पक्षले बोलाएको बैठक अनाधिकृत भन्दै ओली पक्षको आपत्ति

kp oli madhav nepal

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले भोलि बस्न लागेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाएको छ ।

सचिव तामाङले बुधवार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटीको नामबाट श्रावण २१ गते बैठक आयोजना गरिएको भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछु । पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछु ।’

जारी विज्ञप्तिको पूर्ण पाठः–

sher bahadur tamang1