१३ बैशाख २०८१, बिहीबार

बहिस्कार गरेपछि दुर्गेश थापाको प्रतिक्रिया, ‘प्रतिष्ठानका संस्थापक सल्लाहकार र निवर्तमान अध्यक्ष पनि चोखो छैनन्’

thapa

गायक दुर्गेश थापाले आफूलाई कारबाही गर्नेहरु पनि चोखो नभएको प्रतिक्रिया दिएका छन् । उनले आफूले मात्र यस्तो गीत नगाएको बरु प्रतिष्ठानमा रहेका संस्थापक सल्लाहकार र निबर्तनमा अध्यक्षहरुले पनि यस्तो गीत गाएको बताएका छन् ।

उनले प्रतिष्ठानमा रहेको पदाधिकारी र निवर्तनमा अध्यक्षहरुले गाएको गीतहरुमा प्रश्न गर्दै भनेका छन्, ‘हिजो बद्री पंगेनीले पिएन क्याम्पस, बिउटी नम्बर वान, ससुरालिमा हिजो प्रजापति पराजुलीले लाल साडि मे हिन्दी भाषामा गाएका छन्, कोमलले वली पोईला जान पाम, देखी कुमार बस्नेतका आमाभन्दा छोरी तरुनी, सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निवतर्मान अध्यक्ष हुन् यस्ता धेरै उदाहरण छन् जो आफैमा बिरोधाभाष छन् ।’

उनले आफ्नो गीतलाई प्रतिष्ठानले नियोजित रुपमा लिएको प्रतिकृया दिएका छन् । प्रतिष्ठानले थापालाई बहिस्कार गरेपछि उनले पहिलो पटक सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हो ।

उनले लामो प्रतिकृया दिँदै भनेको छ, ‘आज मेरो अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाईरहदा प्रत्यक्ष दोहोरीका सुन्नै नसकिने छाडा गितहरूलाई स्वतन्त्र छोडिएको छ, मेरो गित न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठान ले अर्को शब्दकोश निर्माण गरेको छ जुन दुखद छ ।’

उनले आफूलाई कारबाहिर गर्नेहरुले परिवर्तनलाई स्वीकार गर्न नसकेको पनि बताएका छन् । उनले भने, ‘परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन’ उनले प्रतिष्ठानमा रहेको ४१ हजार सदस्यहरुको जीवन हजार भएको होस् भनेर शुभकामना दिएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेको स्टाटस

समय सँगै हरेक पल नयाँ पलहरुको जन्म हुन्छ ती नयाँ पलहरूलाई उपलब्धि मुलक बनाई जिवनको सार्थकता बुझ्न प्रयास गरिररहेको हर मानव मा एउटा मात्र लक्ष्य हुन्छ जिवन कलात्मक बाचौ खुशि संगालेर बाचौ आफ्नाहरूको मायामा पुल्कित भएर प्रेमिल जिवन बाँचौ तर मानव नै मानव को रक्षक भक्षक दुबै रहेछ म चाहन्छु मेरो कारणले कसैको बाँचन पाउने अधिकार नखोसियोस् आज मेरो अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाईरहदा प्रत्यक्ष दोहोरी का सुन्नै नसकिने छाडा गितहरू लाई स्वतंत्र छोडिएको छ मेरो गित न लोक न दोहोरी तैपनि नियोजित तवरले जबरजस्त शब्दलाई अश्लिल परिभाषा गरेर प्रतिष्ठान ले अर्को शब्दकोश निर्माण गरेको छ जुन दुखद छ परिवर्तन लाई स्वीकार गर्न नसक्नेहरू भर्चुअल गतिमा लतारिएको देखेर कठै बाहेक केही भन्न सकिन प्रतिष्ठान का सभ्य र संस्कारिक ४१००० सदस्य हरूको जिवन हजार बर्ष को होस् शुभकामना ।।

पुनश्च: हिजो बद्री पंगेनीले PN campus/beauti number1/ससुरालिमा हिजो प्रजापति पराजुली ले लाल साडि मे हिन्दी भाषा मा गाएका छन कोमल वली पोईला जान पाम, देखी कुमार बस्नेत का छोरी भन्दा आमा तरुनी,सबै प्रतिष्ठान संस्थापक सल्लाहकार र निबर्मान अध्यक्ष हुन यस्ता धेरै उदाहरण छन जो आफैमा बिरोधाभाष छन्।।