७ बैशाख २०८१, शुक्रबार

हितेन्द्रदेव शाक्यको स्पष्टोक्ति : राजीनामा मागिएको होइन, जिम्मेवारीको विकल्पबारे सोधिएको हो

hitendra dev shakya nea

पाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफ्नो राजीनामा माग गरेको नभइ वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट परेका छन् ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको खबर प्रधानमन्त्रीको सचिवालयबाटै सार्वजनिक भएको थियो ।

त्यसको भोलिपल्ट पत्रकारहरुसँग कुरा गर्दै शाक्यले सरकारले आफ्नो राजीनामा नमागेको बरु वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताएका छन् । “मेरो क्षमताअनुसार अहिलेसम्मको दक्षताआनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन,” उनले भने । उनले आफू अपमानजनक तरिकाबाट नभइ सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको संकेत समेत गरेका छन् ।

सरकारले जुन स्थानमा खटाए पनि आफू काम गर्न तयार रहेको भन्दै उनले महामारीको बीचमा प्राधिकरणमा बसेर आफूले उल्लेख्य काम गरेको बताए । राजीनामा नदिएर तपाईं अदालती प्रक्रियामा जाने हो ? भन्ने पत्रकारको प्रश्नमा भने उनले विकल्प दिएर खटाएमा अदालत जानु पर्ने कुनै कारण नहुने बताए ।