१६ चैत्र २०८०, शुक्रबार

घरेलु हिंसाको आरोपमा र्‍यापर हनी सिंहमाथि मुद्धा

Yo Yo Honey Singh

भारतिय चर्चित र्‍यापर र हनी सिंहमाथि घरेलु हिंसाको आरोपमा मुद्धा दर्ता भएको छ । उनीविरुद्ध उनकी पत्नी शालिनी तलवारले तलवारले दिल्लीको तीस हजारी कोर्टमा घरेलु हिंसाको मुद्दा दर्ता गरेकी हुन् ।

भारतिय समाचारका अनुसार तलवारले घरेलु हिंसाबाट महिलाको सुरक्षा अधिनियमअनुसार मामिला दर्ता गरेकी छन् । साथै दर्ता भएको मुद्दालाई मंगलबार नै मुख्य मेट्रोपोलिटन मेजिस्ट्रट तानिया सिंहको कोर्टमा पेसी चढाइ सकिएको छ ।

मुद्धा दर्ता भएपछि अदालतले हनी सिंहलाई ८ अगस्त सम्म जवाफ दिन नोटिस जारी गर्दै शालिनी तलवारको पक्षमा अन्तरिम आदेश जारी गरेको छ ।

आदेश जारी भएपछि अहिले हनी सिंहको पत्नीसँग संयुक्त स्वामित्वको सम्पत्ति बेचबिखनमा रोक्का भएको छ । १० वर्ष अघि विवाह बन्धनमा बाँधिउका हनी सिंह र शालिनी तलवारको पछिल्लो समय मनमुटाव हुँदै आएको थियो ।

तर, उनीहरुको घर झगडा विस्तारै विस्तारै अदालतसम्म पुगेको छ । यस बारेमा हनि सिंहले कुनै प्रतिक्रिया दिएका भने छैनन् ।