१२ बैशाख २०८१, बुधबार

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘खोप केन्द्रबाटै कोरोना संक्रमणको जोखिम बढ्यो, व्यवस्थित बनाऊ’

health

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप केन्द्रहरुबाटै संक्रमणको जोखिम बढेको भन्दै व्यवस्थित बनाउन निर्देशन दिएको छ ।

खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले आवश्यकता अनुसार खोप केन्द्र विस्तार गरी हरेक खोप केन्द्रमा भौतिक दुरी कायम गरी जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले विज्ञप्ति जारी गर्दै खोप अभियान सञ्चालन तथा व्यवस्थापनबारे माथिल्लो निकायमा जानकारी गराउनका लागि सबै स्वास्थ्य कार्यालयले सम्पर्क व्यक्ति तोक्न निर्देशन समेत दिएका छन् ।

मन्त्रालयले तोकेका लक्षित समूहलाई मात्रै खोप प्रदान गर्ने व्यवस्था कडाइका साथ लागू गर्न समेत भनिएको छ । असार २९ गतेदेखि सञ्चालित भेरोसेलको पहिलो डोज लगाएका लक्षित समूहलाई २१ दिन पूरा भएपछि दोस्रो डोज दिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

कतिपय जिल्लाहरुमा मन्त्रालयले तोकेको लक्षित समूहलाई जोनसन एण्ड जोनसनको खोप लगाउन अभियान सुरु नभएका हुँदा तत्काल खोप अभियान सञ्चालन गर्न विज्ञप्तिमार्फत निर्देशन दिइएको छ ।

vacine 1
vaccine 2