६ चैत्र २०८०, मंगलवार

२१ लाख बढीले दिए आवेदन मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा

ipo

मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा मंगलवार अन्तिमदिन सम्ममा २१ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९२५ जनाले आवेदकले २ करोड ८४ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि,३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।