७ बैशाख २०८१, शुक्रबार

कोरोना निको भएपछि पनि हृदयघात वा स्ट्रोकको खतरा हुने अध्ययनको निश्कर्ष

coronachina

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण निको भएको पहिलो दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने अध्ययनले देखाएको छ ।

मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित अध्ययनले कोरोना निको भएको दुई हप्तामा हृदयघात वा स्ट्रोकको खतरा तीन गुणा बढी हुने निश्कर्ष निकालेको हो ।

अनुसन्धानकर्ताले स्वीडेनमा ८६ हजार ७ सय ४२ जनासंक्रमित तथा ३ लाख ४८ हजार ४ सय ८१ जना संक्रमण नभएका व्यक्तिमा हृदयघात वा स्ट्रोकको खतराबारे तुलनात्मक अध्ययन गरेको बताएका छन् ।