६ चैत्र २०८०, मंगलवार

यस्ता गतिविधिले तपाईंको दिमागलाई बनाउँछ तेज

brain

दिमागको क्षमता बढाउनका लागि दिमागलाई हरेक क्षण बिजनेश दिइरहनु पर्दछ । मानसिक गतिविधिहरुले दिमागको क्षमता बढाउँदछ । यसले सुन्ने क्षमता र डिप्रेशनबाट बचाउँछ ।

हवार्ड मेडिकल स्कूलका न्यूरोलोजिष्ट डा. क्याथरिन प्यापका अनुसार न्यूरोजेनेसिस प्रक्रियाबाट दिमागमा नयाँ कोष बन्छ । जब तपाईंले मानसिक क्षमताहरुलाई चुनौति दिन थाल्नुहुन्छ तब दिमागका कोषहरुका बीचमा नयाँ कनेक्सन हुन्छ । यस्तो हुँदा दिमाग धेरै नै सक्रिय हुन्छ र तीब्र काम गर्न थाल्छ ।

न्यूरोबायोलोजिष्ट लरेन्स कट्जका अनुसार दुबै हातका निरन्तर प्रयोगले रचनात्मक र तार्किक क्षमतामा सुधार हुन्छ । यसका लागि उल्टो हातले ब्रस गर्ने, कपाल कोर्ने र लेख्नका लागि दुबै हातको प्रयोग गर्न सकिन्छ । यस कार्यले पनि दिमागको सक्रियता बढाउँछ र दिमाग तेज हुन्छ ।
कुनै पनि अर्को भाषामा पारङ्गत हुन बर्षौं लाग्छ । दिमागका बेग्ला–बेग्लै भागहरुको सक्रियता बिना अन्य भाषा सिक्न सम्भव छैन । यसकारण भाषाहरुको दख्खलले पनि मानिसको मस्तिष्कलाई सक्रिय बनाउन मद्दत मिल्छ ।

कागजलाई मोरेर त्यसबाट विभिन्न कताकृतिहरु बनाउने जापानको यो पद्दति वर्षौं पुरानो हो । यसलाई ओरिगेमी भनिन्छ । यस कार्यले पनि दिमागमा सकारात्मक असर पर्दछ । यसमा गणित, विज्ञान जस्ता विषयहरुका शैलीहरु समावेश भएका हुन्छन् । यसबाट पनि दिमागको सक्रियता बढ्छ ।

कतिपय अध्ययनहरुबाट दैनिकको शारीरिक अभ्यासले पनि दिमागलाई तेज र सक्रिय बनाउन मद्दत मिल्छ । शारीरिक अभ्यासका कारण दिमागमा अक्सिजनको सञ्चार तीब्र हुन्छ जसले गर्दा दिमागमा सकारात्मक असर पुग्दछ । एजेन्सी

    सम्बन्धित समाचार...