६ चैत्र २०८०, मंगलवार

नागरिकले मास्क लगाउनै छाडेपछि प्रशासनको यस्तो अभियान

Capture 1

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बासिन्दाले मास्क नलगाउनै छाडेपछि प्रशासनले चेतनामूलक कार्यक्रम शुरु गरेको छ । प्रहरी, प्रशासन र स्थानीय संघसंस्थाका प्रतिनिधिले मास्क नलगाई बजारमा निस्किएकालाई मास्क वितरण गर्दै लगाउन आग्रह गर्ने गरेका छन् ।

उहाँ हुनुहुन्छ, सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल । उहाँसहित सुरक्षाकर्मी र स्थानीय संघसंस्थाको टोलीले कोरोना संक्रमणबाट जोगिन मास्क लगाउनु पर्ने सन्देशसहित जनचेतना जगाउन थालेको छ ।

देशका सबै जसो शहरमा निषेधाज्ञा खुकुलो गरेसँगै कोरोना संक्रमण बढ्न थालेको छ । तर नागरिकले भने कोरोना संक्रमणबाट जोगिनका लागि स्वास्थ्य मापदण्ड पालना गर्न पनि छाडेका छन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा जनस्वास्थ्यमा मापदण्डमा लापरवाही गर्दा कोरोना संक्रमण बढ्दो छ ।

त्यसैले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मास्क लगाउन आग्रह गर्दै अभियान नै शुरु गरिएको हो ।

कतिपयले मास्क किन्ने पैसा समेत नभएको गुनासो गरेपछि उनीहरुलाई निशुल्क मास्कसमेत वितरण गरिएको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम जरिवाना गरिने चेतावनी सहित जनचेतना जगाउन यो अभियान शुरु गरिएको हो।

अभियानमा सहभागिहरुले कोभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ, तपाइको माक्स खोइ, माक्स लगाउनु भएकोमा धन्यवाद जस्ता प्ले कार्ड बोक्ने गरेका छन् ।