१५ बैशाख २०८१, शनिबार

(विज्ञप्तीसहित) जारी निषेधाज्ञा उपत्यकामा थप एकसाता लम्बियो, आजदेखि अनुगमनलाई प्रभावकारी बनाइने

kathmandu cdo office

कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्बाइएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

कोरोनाको संक्रमणदर पछिल्लो समय बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीको टोली र सूरक्षा निकायले जनस्वास्थ्य मापदण्ड पालना भएको वा नभएको बारेमा प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय भएको छ ।

तीनै सीडीओले निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत गरेका छन् । सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना गर्ने र भीडभाड गर्नेलाई कानूनी कार्वाही गर्ने निर्णय भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

अन्य आदेश भने साविककै कायम रहने निर्णय पनि प्रशासनले गरेका छन् । सुरक्षा निकायले नै निषेधाज्ञाको अनुगमन गर्ने भएका छन् । अहिलेको जारी निषेधाज्ञा साउन २० गते मध्यरातसम्म कायमै छ । एकसाताको संक्रमणको परिस्थिती हेरेर निषेधाज्ञाबारे थप निर्णय गरिने प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छन् ।

dao ktm1
dao ktm2
dao ktm3