१३ बैशाख २०८१, बिहीबार

वडाध्यक्षले कुटेर डोरीले बाँधे एक युवकलाई (भिडियो)

kutipit

जाजरकोटमा जनप्रतिनिधिबाटै एकजना सर्वसाधारण कुटिएका छन् । जाजरकोटस्थित जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेका हुन् ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा वडाध्यक्ष नेपालीले स्थानीय प्रेम दमाईलाई डोरीले बाँधेरै कुटपिट गरेको देख्न सकिन्छ । सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेका थिए । त्यसपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेको हो ।

ती युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ । अहिले वडाध्यक्षमाथि कारबाहीको माग समेत उठिरेहको छ ।

गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले बताएकी छन् । वडा अध्यक्षले ती युवकमाथि किन कुटपिट गरेका हुन् खुल्न बाँकी छ ।