१५ चैत्र २०८०, बिहीबार

दाङबाट स्वचालित पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

hatiyar pakrau

दाङको गढवा गाउँपालिका–१ जुरौलीस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डबाट स्वचालित पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्लाको नगरपञ्चायत बढनी–३ का २२ वर्षीय कर मुल्लाह आमिर र वडा नम्बर ८ का १९ वर्षीय राजा खान रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट कालाकाटेको संयुक्त टोलीले उनीहरूलाई हिझो साँझ पक्राउ गरेको हो।

शंकास्पद रुपमा पैदल हिँडिरहेका उनीहरूलाई खानतलासी गर्ने क्रममा करमुल्लाहले दाहिने कम्मरमा भिरेको सिल्भर कलरको स्वचालित पेस्तोल एक थान, म्यागजिन दुई थान र दुईवटा गोली बरामद भएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित नवलपरासीको बर्दघाटबाट एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको छ।

बर्दघाट नगरपालिका– १२ भटौलियास्थित नारायाणचोक–परासी भित्री सडक खण्डबाट नवलपरासी (पश्चिम) पाल्हिनन्दन –२ का योगेन्द्र यादव र भारतको उत्तर प्रदेश महाराजगंजका समिर खानलाई प्रहरीले उक्त रकमसहित पक्राउ गरेको हो।