७ बैशाख २०८१, शुक्रबार

ओलीलाई भेट्न लागेका नेता नेपाललाई भेट्न कोटेश्वर पुगे प्रचण्ड

prachanda madhav
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेता नेपालले भेटवार्ता गर्ने तयारी गरिरहँदा भेट भएको दुवै नेताको सचिवालयले पुष्टि गरेको छ। यद्यपीस भेट भएको ठाउँ भने सचिवालयका कर्मचारीहरूले खुलाएका छैनन्‌।

​दुई नेताबीच कोटेश्वरस्थित नेपालको निवासनजिकै एक व्यापारीको घरमा भेट भएको स्रोतको भनाइ छ। एमालेमा विवाद समाधान प्रयास जारी रहँदा प्रचण्डले दिन बिराएर नेता नेपाललाई भेट्दै आएका छन्। सत्ता गठबन्धनले एमालेको नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरिरहेको छ।

नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ।