८ बैशाख २०८१, शनिबार

सिद्धबाबामा ढुङ्गाले जिप च्यापिएर एक जनाको निधन

jippalpa 20210802165321

रूपन्देही- सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा पहिरोले गाडी च्यापिएर एक जनाको निधन भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका- ३ सिद्धबाबा अगाडि (हेडबक्स नजिँकै) पहिरोले बोलेरो गाडी पुर्दा घाइते भएका एक जनाको निधन भएको छ ।

सोमबार साँझ पहिरोले स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाइते भएका थिए । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा स्याङ्जा वालिङ नगरपालिकाका २२ वर्षका आशिष खाँण ठकुरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।घाइते अन्य २ जनाको भने अवस्था सामान्य रहेको र पहिरोले अवरुद्ध भएको बुटवल पाल्पा सडक एकतर्फी सञ्चालनमा आएको प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए ।