१६ चैत्र २०८०, शुक्रबार

चर्चित पप गायक बलात्कार आरोपमा पक्राउ

krish wu 1

स्रोता तथा दर्शकमाझ लोकप्रिय चिनिया पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई एक १९ एक युवतीले २ बर्ष अघिदेखि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

गायक वुलाई ति युवती सहित दर्जन महिलाहरुले अभद्र व्यवहार गरेको आरोप समेत लगाएको चिनिया मिडियाले बताएका छन् । उनीहरुको आरोपलाई गायक वुले अस्विकार गरेका छन् ।

गायक वुले यो सबै आरोप गलत भएको प्रहरी सामु बयान दिएका छन् भने आफुले यस्तो कार्य नगरेको बताएका छन् । उनीमाथी बलात्कार आरोप लागेपछि एक दर्जन भन्दा बढी विश्व प्रतिष्ठित ब्रान्डहरुले वुसँगको व्यापारिक संझौता अन्त्य भएको घोषणा गरेका छन् ।

केहि दिन अघि मात्र आरोप लगाएकी ती १९ वर्षिय किसोरीले वुको घरमा आयोजना भएको पार्टीमा आफूलाई बोलाएर मदिरा सेवन गराई बलात्कार गरेको सामाजिक सञ्जालमार्फत उल्लेख गरेकी छन् ।

गायक वुले पनि सामाजिक संजालमा लेखेका छन्,‘हामीविचमा यौन सम्बन्ध भएको थिएन । उनी नाबालिग पनि थिइनन् ।’ उनी ३ वर्ष अघि मिटु केसमा समेत फसेका थिए ।

    सम्बन्धित समाचार...