१३ बैशाख २०८१, बिहीबार

कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतम प्रसुती गृहमा सरुवा

Jageshwar Gautam

कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गौतमलाई केन्द्रीय अस्पतालबाट प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको हो । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा। रुद्र मरासिनीलाई पठाइएको छ ।

अघिल्लो सरकारले जेठ १० गते गौतमलाई मन्त्रालयको प्रवक्ताबाट हटाएर केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत मा नियुक्त गरेको थियो ।

गौतमविरुद्ध उपकरण खरिदमा अनियमितता गरेको आरोप लगाउँदै वीर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा. विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा। रीता जोशीलाई पठाइएको छ ।