१२ बैशाख २०८१, बुधबार

तीन हजार १२५ जनामा सङ्क्रमण पुष्टि, २३ जनाको निधन

60f7fc3acce91 fdrd

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ६१३ नमुनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ एन्टिजेन परीक्षण गर्दा ८४६ जना गरी ३ हजार १२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको निधन भएको छ भने १ हजार ९२५ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ । तीमध्ये ९ हजार ८९८ जनाको मृत्यु भएको छ भने हालसम्म ६ लाख ५८ हजार १२२ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये २८ हजार ४०५ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ३ हजार २२४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६९० जनाको आईसीयू र १७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

उपत्यकामा थपिए ७७० संक्रमित, कास्कीमा १७४ जना

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ७७० जना काठमाडौंका उपत्यकाका हुन् । जसमा काठमाडौंका ५५६, ललितपुरका ११५ र भक्तपुरका ९९ जना संक्रमित छन् । मन्त्रालयका अनुसार कास्कीमा १७४, मकवानपुरमा १३६, मोरङमा १३५, बागलुङमा १३२, र सुनसरीमा ११६ जना संक्रमित थपिएका छन् ।

यस्तै काभ्रेमा १०७, चितवनमा ९०, झापामा ४६, रामेछापमा ४५, रुपन्देहीमा ४२, दोलखा र धादिङमा ३६/३६ र नुवाकोटमा ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । कैलालीमा ३३, गोरखामा २८, सिन्धुपाल्चोकमा २६ र धनकुटामा २२ जना संक्रमित थपिएका छन् ।