४ बैशाख २०८१, मंगलवार

म्यानमारका सैन्य नेताले आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा गरे

myanmar 1

म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो । यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ ।

विरोधकैबीच ६ महिनापछि सैन्य नेता मिन अंग हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन । उनले दुई वर्षपछि अर्थात सन् २०२३ सम्म चुनाव गराउने पनि बताएका बीबीसीले जनाएको छ ।