११ बैशाख २०८१, मंगलवार

बाह्र करोडको बति जानकी मन्दिरलाई घाँडो

janki temple 750x322 1

विश्व सम्पदा सुचीमा जानकी मन्दिरलाई राख्न पहल भइरहेको बेला जिम्मेवार निकायले नै आर्थिक अनियमितताका लागि मौलिक संरचनामाथि आक्रमण गरेको छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले जानकी मन्दिरको सौन्दर्यीकरणको नाउँमा ११ करोड ७४ लाख खर्च गरेको छ ।मन्दिरको भित्री भाग र पूर्वत तर्फको भागमा ड्रिलले प्वालगरि चिम लगाएको छ । झण्डै १ वर्ष हुन लाग्दा त्यो बति बलेको छैन् ।

जानकी मन्दिर, सप्तरी जिल्लाको छिन्नमस्ता र वीरगञ्जको गहवामाई मन्दिरमा विद्युतीकरणका लागि बृहत्तरले १२ करोड रुपैया प्रदेश सरकारबाट हात पारेका थिए । तर छिन्नमस्ता र गहवामाई मन्दिरमा विद्युतीकरण भएको छैन् । १२ करोडको टेण्डर हुँदा २ प्रतिशत मात्र घटेर ११ करोड ७६ लाखमा ठेक्का लागेको विद्युतीकरणको कामले वर्षासँगै जानकी मन्दिरको भित्ताको सुर्खी बग्न थालेको छ ।

विद्युतीकरणको नाउँमा जानकी मन्दिरको पौराणिक र ऐतिहासिक मौलिकतालाई समाप्त गरिने काम भएको जानकारहरु बताउँछन् । स्रोतहरुका अनुसार बृहत्तरले लेनदेनको भरमा पुरातत्व विभागको समेत स्वीकृती प्राप्त गरेको छ । तर त्सको आधिकारिक कागजातहरु सार्वजनिक गरिएको छैन् ।

विद्युतीकरणका लागि जानकी मन्दिरले भने स्वीकृती प्रदान गरेको छैन् ।‘विद्युतीकरणको विषयमा मलाई कसैले सोधपुछ गरेको छैन्’ मन्दिरका महन्थ रामतपेश्वर दासले भने, बिजुली बक्यौत बिल झण्डै १ करोड बाँकी रहेको अवस्थामा थप बति बाल्ने रकम कहाँबाट ल्याउने ? बृहत्तरका अध्यक्ष ई. शालीग्राम सिंहले विद्युतीकरणबारे अनभिज्ञता प्रकट गरे ।

तर कार्यकारी निर्देशक बलराम ठाकुरले सबै प्रकृया पुरागरि विद्युतीकरण गरेको दावी गरे । जानकारहरुका अनुसार मन्दिरमा जडान गरिएका एक सयको हाराहारीमा रहेको चिमको मोल प्रीत चिमको मोल ७ लाख माथि नै परेको देखाइएकोछ ।

करोडौ अनियमितता भएको सो कार्यले जानकी मन्दिरको मौलिकतालाई समेत समाप्त गर्ने काम भएकाले सम्बन्धित निकायबाट छानबिनको माग गरिएकोछ ।