७ बैशाख २०८१, शुक्रबार

खोप लगाएको प्रमाणीकरण निशूल्क गर्न सम्बन्धित अस्पतालहरूलाई निर्देशन

health

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकहरूलाई कोरोना विरुद्धको खोप लगाएको प्रमाणीकरण निशूल्क गर्न सम्बन्धित अस्पतालहरूलाई निर्देशन गरेको छ । 


मन्त्रालयले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पताललाई निशूल्क खोप प्रमाण पत्र प्रमाणीकरण गर्न गराउन अनुरोध गरेको छ । 


वैदेशिक रोजगारी तथा कामका सिलसिलामा अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकलाई खोप लगाएको प्रमाणीकरण निशूल्क गर्न यसअघि नै निर्देशन भए पनि केही अस्पतालहरूले शुल्क लिएको जन गुनासो आएको मन्त्रालयद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

देशभर २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि 

कोरोना भाइरसबाट आज २ हजार ५ सय ६८ जना संक्रमित भएका छन् । 


१२ हजार ६ सय ३६ नमूनाको पिसिआर तथा एन्टिजेन परीक्षणबाट २ हजार ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


यसैगरी आज २ हजार २० जना संक्रमित निको भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण निको हुने दर ९४ दशमलव १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 


यस्तै कोरोनाका कारण आज थप १८ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या ९ हजार ८ सय ७५ पुगेको छ ।