१३ बैशाख २०८१, बिहीबार

माधवकुमार नेपालले लज्जाहीन काम गरेको एमाले अध्यक्ष ओलीको आरोप

kp oli 4 68
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालले लज्जाहीन काम गरेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

नेकपाका तत्कालीन महासचिव तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले आप्नो पार्टीको सरकार ढालेर विपक्षीका पछि लागेर एमाले वरिष्ठ नेता नेपालले लज्जाहीन काम गरेको टिप्पणी गर्नुभयो । अब यस्ता गतिविधि स्वीकार्न नसकिने ओलीले बताउनुभयो ।

एमाले वरिष्ठ नेता नेपालकै कारण एमाले पनि फुट्न लागेको ओलीले आरोप लगाउनुभयो । पार्टीभित्रैका स्वार्थी र जिद्दी मानिसका कारण दुईतिहाइ बहुमतको शक्तिशाली कम्युनिस्ट पार्टी विघटन भएको भन्दै ओलीले वरिष्ठ नेता नेपालप्रति कटाक्ष गर्नुभयो ।

देउवा सरकारले दमन गर्न थालिसकेको भन्दै ओलीले प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकार निर्वाचनबाट नभइ कुबाटोबाट आएको र यो प्रतिगमनकारी भएको टिप्पणी गर्नुभयो ।