१५ बैशाख २०८१, शनिबार

एक हजार नौ सय ८१ जनामा सङ्क्रमण पुष्टि, अहिलसम्म नौ हजार आठ सय ७५को निधन

60f7fc3acce91 fdrd

पछिल्लो २४ घण्टामा एक हजार ९८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आठ हजार ४०२ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार २३४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २० जना कोरोना संक्रमित निको भएका छन भने सङ्क्रमणका कारण १८ जनाको निधन भएको छ । योसँगै नौ हजार ८७५ जनाको निधन भैसकेको छ । अहिलेसम्म ९४.१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।