१३ बैशाख २०८१, बिहीबार

(फोटो फिचर) हेलम्बु भीमथाङको पहिरो

Capture

शनिबार रातिदेखि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा थप क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका- १ भीमाथाङ लगायतका विभिन्न ठाउँमा पहिरो खसेर नदी थुनिएकाले फेरि बाढी आएको गाउँपालिकाले जनाएको छ ।

बाढीलेचनौटेको रातो पुल बगाएको छ । वाढीले आज विहान पुल बगाएको हो । मेलम्ची– ७ र ८, पाँचपोखरी– १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पका रुपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यो भेगमा सवारीआवतजावत बन्द छ ।

त्यस्तै ग्यालथुममा रहेको झोलुङ्गे पुल पनि वाढीले बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए ।

अध्यक्ष शेर्पाका अनुसार भीमाथाङमामा थुप्रिएको माटो कटान गर्दै नदी बगिरहेको छ। ‘ठूलो पानी नपर्दा सेमत यस्तो बाढी आउँदैछ भने अझ ठूलो पानी पर्‍यो भने माटो कटान थप बढेर जोखिम उच्च हुनसक्छ,’ उनले भने ।

खोलामा लेदोसहितको बाढी आएको र बाढी घट्ने, बढ्ने भइरहेको उनले बताए । गत असार १ गते हेलम्बु १ भ्रेमाथाङमा खसेको पहिरोले नदी थुनिएर ठूलो क्षति भएको थियो ।

यसपटक पनि भीमाथाङमा पहिरो गएर नदी थुनिएर बाढी आएको अनुगमनमा पुगेका हेलम्बु गाउँपालिका का अध्यक्ष शेपाले जानकारी दिए । सडक सञ्जाल टुटेकाले हेलिकप्टरबाट बाढी गएको ठाउँको अनुगमन गर्न पुगेका थिए ।

उनका अनुसार विभिन्न स्थानमा पहिरो खसिरहेको र सोही कारणले नदी थुनिएकाले बाढी आएको हो । शनिबार रातिदेखि मेलम्चीका खोलामा बाढी आएको छ ।

हेलम्बु गाउँपालिकाको र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।
गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती घरटहरा खाली थिए ।

Capture
helambu 5 phot
helambu badi photo
helmbi 19
helmbu 3 4 17 photo
helmbu 4 photo
helmbu 10 photo
helmbu 11 photo
helmbu 12
helmnu 13
helmu 9 1
helmu 9
helumbu badi 2 4 17 photo
melamchi 1