१२ बैशाख २०८१, बुधबार

एमालेले बोलाएको स्थायी कमिटी बैठकमा तीन अजेन्डामाथि छलफल हुने

uml comittee meeting
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ।

शनिबार तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

आजको बैठकमा तीन वटा अजेन्डामाथि छलफल हुने जनाइएको छ।

केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए।