१४ बैशाख २०८१, शुक्रबार

मोदीले नेपालको भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गर्दै गरे यस्तो ट्वीट

narendra modi
फाइल फोटो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’