११ बैशाख २०८१, मंगलवार

बिहे मण्डपमा दुलहीले बुलेट बाइकमा ‘इन्ट्री’

bride in bullet

भारतको गयामा भएको एक विवाह समारोहमा दुलही बुलेट बाइकमा चढेर मण्डपसम्म पुगेपछि चर्चाको विषय बनेको छ । दुलही लिन बोधगयाको टेकुना फार्मबाट जन्ती आएको थियो ।

सबैको अपेक्षाविपरित दुलहीले कालो चश्मा लगाएर बुलेट मोटरसाइकल चढेर मण्डपसम्म पुगेकी थिइन् ।

बिवाहका लागि दुलाहा रथमा सवार भएर जन्तीका साथ आएका थिए । उनको राम्रो स्वागत गरियो । भारतीय समाचार एजेन्सी आइएएनएसका अनुसार जन्ती आएपछि सबै वरमालाको तयारीमा जुटे ।

तयारी पूरा भएपछि दुलही आउने समय पर्खेका थिए । तर निक्की नाम गरेकी दुलही आइन, बुलेट बाइकमा ।

फिल्मी शैलीमा आएकी दुलही लिन दुलाहा नितिश कुमार बाइकसम्म नै पुगेका थिए । त्यसपछि बिहेको सबै रितिरिवाज पूरा गरेर दुवैको बिहे भएको थियो ।