७ बैशाख २०८१, शुक्रबार

जसपा दलको नेता छान्दै

jasapa miting 69

जनता समाजवादी पार्टी( जसपा)नेपाल संसदीय दल नेताको चयन शनिवार हुने भएको छ ।

दलको विधानलाई कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेपछि नेता चयनको प्रकृयालाई अगाडी बढाइएको छ । दलमा नेता चयनका लागि चुनावी प्रकृयाका लागि नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय समिति बनाइएको छ । तर दलको नेतामा पार्टी अध्यक्ष यादव नै सर्वसम्मतीबाट हुने संभावना छ ।

निर्वाचन आयोगबाट जसपा अध्यक्ष उपेन्द्र यादवपक्षले आधिकारिकता पाएपछि दलको नेता चयन गर्न लागिएको हो। निर्वाचनको एउटा प्रक्रिया पूरा गर्नु पर्ने भएकाले दलको नेता चयन गर्न लागिएको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए। दलको नेतामा सर्बसम्मतिले अध्यक्ष यादव चयन हुने भएका छन्। 

दलको नेता चयन भए लगतै पार्टीले सरकारमा ६ जना मन्त्री र १ जना राज्यमन्त्री पठाउने छ ।गठबन्धनका शीर्ष नेताहरुबीच भएको मन्त्री पद बाँडफाँडमा जसपालाई ६मन्त्री र १ जना राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री र १ जना राज्यमन्त्री पाउने छ । काँग्रेसले ८ मन्त्री र १ जना राज्यमन्त्री पाउने सहमति भए अनुसार नेताहरुलाई सरकारमा पठाइनेछ ।

जसपा एक भए पनि संसदीय दलको विधान बन्न नसक्दा दलको नेतामा महन्थ ठाकुर राजपा र उपेन्द्र यादव समाजवादी पार्टीको दलका नेता थिए। जसपा आधिकारिकता उपेन्द्रले पाएपछि पुनः दलको नेता चयन प्रक्रियामा जाने लागेको हो। 

जसपामा उपेन्द्रपक्षमा २२ सांसद छन्। बाँकी १० सांसद महन्थतिर लागेका छन्।