१३ बैशाख २०८१, बिहीबार

बैंकको जागिरमा चयन नभएपछी भारतीय स्टेट बैंकको शाखा घरमै

sbi

तमिलनाडु राज्यको कुडलोर जिल्लाका १९ वर्षीय एक युवकका बुबा आमा दुवै बैंकमा जागिरे थिए । १० बर्ष पहिले बुबाको मृत्यु भएको थियो भने आमाले पनि केही वर्ष अघि एसबीआई बैंकबाट अवकाश लिएकी थिइन।

बुबाको मृत्यु पछि बैंकमा काम गर्ने इच्छा राखेका थिए तर उनको चयन बैंकमा भएन । त्यसकै झोकमा उनले आफ्नै घरमा भारतीय स्टेट बैंकको नक्कली शाखा खोले ।

उक्त युवकलाई बैंकको कामको राम्रो ज्ञान थियो, तर उसलाई बैंकमा जागिर नमिले पछि यसले नक्कली छाप, चालान, कम्प्युटर, प्रिन्टरहरू र नगद मतगणना मेशीनको साथ एसबीआईको बैंकको नक्कली शाखानै खोले ।

नक्काली शाखाको बारेमा एक ग्राहकले एसबीआई पनरुती शाखामा सोधपुछ गर्दा केटाको करतूत भण्डाफोर भयो। त्यसपछि बैंक प्रबन्धकले प्रहरीमा उजुरी गरे पुलिस अनुसन्धान र सोधपुछ पछि, जालसाजी र नक्कली छाप राखेकोमा उनी पक्राऊ परे।

उक्त व्यक्तिले ग्राहकबाट कती पैसा उठायो वा कसैसँग कुनै लेनदेन गरेको छ कि भनेर जाँचबुझ गर्दा अहिलेसम्म कसैले पनि त्यस्तो प्रकारको उजुरी नगरेको थाहा भएको छ ।