७ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा दैनिक रूपमा कोरोना सङ्क्रमण बढदो, ८५९ जना सङ्क्रमित पुष्टि

corona virus graph

काठमाडौँ उपत्यकामा दैनिक रूपमा काेराेना भाइरसका सङ्क्रमण बढिरहेकाे छ । पछिल्लाे २४ घण्टामा उपत्यकामा ८५९ जना सङ्क्रमित् पुष्टि भएका छन् ।

ककाठमाडौँ ५५९, ललितपुरमा २०६ र भक्तपुरमा ९४ जना सङ्क्रमित् पुष्टि भएका छन् । हिजाे उपत्यकामा ७७४ जना सङ्क्रमित पुष्टि भएका थिए । काठमाडौँ ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १३२ जना सङ्क्रमित् पुष्टि भएका छन् । पछिल्लो केही दिनदेखि उपत्यकामा सङ्क्रमित हुने दर बढिरहेको छ ।

अस्ति यस क्षेत्रमा ९९९ जना सङ्क्रमित थपिएका थिए । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको थियो ।