७ बैशाख २०८१, शुक्रबार

गठबन्धनबाट बाहिरिने चित्रबहादुर केसीको चेतावनी

chitra badhur kc
फाइल फोटो

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई एमसिसीको पछि नलाग्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसिसीको विरोध गरेका हुन् । यस्तै, संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो ।

“जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईंहरु एमसिसी कसरी पास गर्ने र संघीयता धरापमा पर्यो मात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?” केसीको प्रश्न थियो ।

उनले गठबन्धनले सधैँ संघीयताकै रटान लगाउने र एमसिसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिए । बैठकमा जनमोर्चाबाट अध्यक्ष केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।