१३ बैशाख २०८१, बिहीबार

सत्ता गठबन्धनका नेताहरूको बैठकमा नेपाल समूह पनि सहभागी

6100ea999c6b4 gatbahndan baithak

सरकारमा सहभागी दलका नेता तथा प्रतितिधिहरूकाे बैठक बालुवाटारमा शुरू भएकाे छ । साे बैठकमा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला रहनु भएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

त्यस्तै बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , प्रबक्ता नारायण काजी श्रेष्ठ ,जनता समाजवादी पार्टीका तर्फ बाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई ,अशोककुमार राई सहभागी हुनुहुन्छ । यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,उपाध्यक्ष दुर्गा पौडेल, एमाले माधवकुमार नेपाल समूहबाट डा. विजय पौडेल सहभागी रहेको जनाइएकाे छ ।