७ बैशाख २०८१, शुक्रबार

करेन्ट लागेर निधन भएको घटनामा नयाँ खुलासा

khulasa

धनुषामा करेन्ट लागेर निधन भएको घटनामा नयाँ खुलासा भएको छ ।

गत असार ३० गते धनुषाधाम नगरपालिकामा एक जनाको करेन्ट लागेर निधन नभएको बताउँदै हत्या भएको दावी गरिएको छ ।

सोमवार पत्रकार सम्मेलन गरी घटनामा बाँचेका धनुषाधाम नगरपालिका वडा नं ७ निवासी रामजीवन यादवले आफुसहित दुईजनालाई ज्यान मार्ने मनसायले गाउँकै केहि व्यक्तिहरुले खेतमा बदेल धपाउनका लागि लगाइएको करेन्टमा आफुहरुलाई अचेत अवस्थामा करेन्टको तारमा फालेको बताए ।

एक जनाको तत्कालै निधन भएको रामजीवनले बताए । सोहन साहको टयाक्टरको ड्राइभरमा कार्यरत रामजीवनको असार ३० गते साँझ बलदेव मण्डलले बटैयामा लिएको खेतमा मुसहरु यादवको थ्रेसिङ गराएको धान तौल गर्ने क्रममा पारिश्रमिकको विषयलाई लिएर थ्रेसर धनिसित विवाद भएको थियो । साथी धनी यादव र राजु साह एक पक्षमा बोलेपछि रामबाबु मण्डल र बलदेव मण्डलले कुटपिट गरेको बताए ।

गाउँ समाजकै पहलमा झगडा साम्य भएपनि आफु सहित तीन जना घर फर्किदै गरेको अवस्थामा रामबाबु मण्डलको नेतृत्वमा लाठी, घरेलु हतियार सहित आएका समुहले आफुहरुलाई लखेटदै रामबहादुर मण्डलको खेतमा पुरयाई कुटपिट गरेर बेहोस पारेको उनले बताए ।

अचेत अवस्थामा पुर्व योजना अनुरुप जंगली बंदेल मार्नको लागि खेतमा लगाएको विजुलीको नांगो तारमा आफु र धनी यादवलाई पालै पालो फालेपछि आफु बेहोस भएको बताए । तीनदिन पछि प्रादेशिक अस्प्ताल जनकपुरधाममा होस् आउँदा धनी यादवको निधन भइसकेको खवर पाएको उनले बताए ।

करेन्टका कारण धनी यादवको निधन भएको र आफनो हातमा करेन्टका कारण गम्भीर क्षति हुन पुगेकोले दोषीमाथि कडा कारवाहीको माग गरे । पीडित रामजीवन यादवले घटनामा संलग्नको नामै किटान गरेर इलाका प्रहरी कार्यालय धनुषाधाममा जाहेरी दिदा प्रहरीले दुईजनाको नाम हटाएर ल्याए जाहेरी दरखास्त लिने भनेको आरोप लगाएका छन ।

साधारण विषयलाई लिएर हत्या सम्मको घटना घटाउने माथि कारवाहीका लागि निवेदन दिदा समेत प्रहरीले सहयोग नगरेकोले वाध्यभएर पत्रकार समक्ष आएको उनले न्यायका लागि पहल गरिदिन सवैमा अपिल समेत गरे ।