११ बैशाख २०८१, मंगलवार

विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि मनाइँदै

World Hepatitis Day 61

विश्व हेपाटाइटिसविरुद्धको दिवस, आज नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर थालिएको हो । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो ।

नेपालमा भाइरल हेपाटाइटिस कलेजो रोगको महत्वपूर्ण कारकको रूपमा देखिन्छ भने अल्पकालिन हेपाटाइटिस तथा जन्डिसको प्रमुख कारण हेपाटाइटिस भएको चिकित्सकले बताएका छन् ।

विश्वमा मुख्य पाँच हेपाटाइटिस देखिएका छन् । हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ सबै ‘हेपाटोट्रोपिक’ नामक भाइरसबाट लाग्छ । यो भाइरसको संक्रमणबाट हुने कलेजोको रोग हो ।

रोग लागेपछि कलेजो सुन्निने, फुल्ने, पछि गएर खुम्चिने र पाचन प्रणालीबाट कलेजोमा जाने रक्तनली थुनिने हुन्छ । हेपाटाइटिस ई गर्भवती महिलामा चर्को रूपमा सङ्क्रमित हुने गरेको छ ।

कुल सङ्क्रमित मध्ये करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु यही रोगका कारण हुने गरेको छ । दश वर्ष भन्दा कम उमेरका बालबालिकालाई हेपाटाइटिस बी सर्‍यो भने जन्मभर उक्त रोगका जीवाणु हुन सक्ने सम्भावना ९० प्रतिशत रहन्छ ।

बढी उमेरमा सर्‍यो भन्ने ९० प्रतिशत हराएर जाने र १० प्रतिशत मात्र बाकी रहने अवस्था रहने अध्ययनले देखाएको छ ।

    सम्बन्धित समाचार...