१६ चैत्र २०८०, शुक्रबार

रवीन्द्र मिश्र राप्रपा प्रवेश गरे हुन्छः खगेन्द्र संग्रौला

Khagendra Sangraula

लेखक तथा नागरिक समाजका अगुवा खगेन्द्र संग्रौलाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा संग्रौलाले लेखेका छन्, मिश्रलाई संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह चाहिएछ। कुराको चुरो यही हो भने यी नवमण्डलेले खुरुक्क कमल थापाको राजावादी राप्रपामा प्रवेश गरे हुन्छ।

मिश्रले हिजो संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेका थिए।