६ चैत्र २०८०, मंगलवार

शिल्पाका श्रीमान पक्राउ प्रकरणः रिकभर गरियो १२० वटा पोर्न फिल्म

Pornography

बलिउड अभिनेत्री शिल्पा सेट्ठीका श्रीमान तथा व्यवसायी राज कुन्द्रालाई गत सोमाबार पोर्न फिल्म बनाएको आरोपमा पक्राउ परे ।
शिल्पा सेट्टीका पति कुन्द्रालाई मुम्बईको एक अदालतले १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

कुन्द्रको अफिसको सर्भरबाट १२० वटा पोर्न फिल्म रिकर्भर गरिएको छ । मुम्बई क्राइम ब्रान्चलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले यसबारे खुलासा गरेका छन् ।

मुम्बई क्राइम ब्रान्चले यसबारे अनुसन्धान गर्न थालेपछि राजले आफ्नो डाटा डिलिट गरेका थिए । पछि फोरेन्सिक टिमको मद्दतले उक्त डाटा रिकर्भर गरिएको बताइएको छ ।

क्राइम ब्रान्चले उक्त सूचना पाएपछि राज ‘प्लान बी’का लागि तयार थिए । प्लान बीमा उनले अन्य फिल्म निर्माण गरेर एपमा रिलिज गरिने बताइएको छ ।

हिरासतमा रहेका राजले अहिलेसम्म आफूले पोर्न फिल्म बनाउँछु भनेर स्वीकार गरेका छैनन् । तर उनले आफूले इरोटिक फिल्म बनाउने स्वीकारे गरिसकेका छन् ।

क्राउ परेका राज कुन्द्रालाई प्रहरी हिरासतमा राखिएको थियो । उनका साथै पक्राउ परेका अर्का एक व्यक्ति रायन थार्पलाई पनि १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिइएको हो ।

राज कुन्द्रामाथि मुम्बई प्रहरीले पोर्नोग्राफिक फिल्म बनाउने र त्यसलाई एपको माध्यमबाट मानिसहरुमा पुर्‍याउने गरेको आरोपमा पक्राउ गरेको थियो । गत फेब्रुअरीमा प्रहरीमा एक उजुरी दर्ता भएको थियो । सोही उजुरीको अनुसन्धानको क्रममा राज कुन्द्रा पक्राउ मुम्बई प्रहरीको भनाई छ ।

प्रहरीले यो मामिलामा राज कुन्द्रा सामेल रहेको पर्याप्त प्रमाण भएको दाबी गरिरहेको छ । राज कुन्द्राले भने आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् ।