७ बैशाख २०८१, शुक्रबार

यस्ता छन् क्याबिनेटका पाँच निर्णय

cabinet

सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पाँचवटा निर्णयहरु गरेको छ । निर्णय अनुसार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको छ ।

बैठकले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्ने निर्णय गरेको हो । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

दोस्रो निर्णयमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोमित चितवन निवासी पृथ्वीमान गुरुङलाई गण्डकी र चितवन नै निवासी अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ । संविधानको धारण ६६ को उपधारा (२) बमोजिम उनीहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

यस्तै नेपाली सेनाको वरिष्ठ अधिकृत रहेका बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २६ गते देखि लागू हुने गरी कायम मुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ । ​

त्यस्तै बेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरिएको छ । पाँचौ निर्णयमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल र सदस्यहरुमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।