१३ बैशाख २०८१, बिहीबार

महतोलाई सबैले छाडे ठाकुरपनि अध्यक्ष रहेको तर्क

Mahantha thakur rajendra mahato laxman lal karna and sarbendra nath sukla 750x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी(जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोलाई सबै सहयोगीले साथ छाडेका छन् ।

जसपामा यादवपछि व्यक्तिगत रुपमा महतोसँगै संख्या थियो । तर उनीसँगै भएका कार्यकारिणी समितिका सबैजनाले उनको साथ छाडेका छन् ।नरमाया ढकालदेखि मनिष सुमन सम्मले महतोलाई छाडेका छन् ।लक्ष्मण लाल कर्णपनि महन्थ ठाकुरतिर लागेका छन् । ठाकुर समुहमा पूर्व राजपा अध्यक्ष मण्डलका ४ जना सदस्य मध्ये महतो मात्र अब एक्लै छन् ।

सर्वाधिक सदस्य ठाकुरसित रहेका छन् ।शरतसिंह भण्डारीसित निर्जला राउत र केशव झा सहित ३ जना, अनिल कुमार झासित सुनिल कुमार रोहित समेत २ जना ,उपेन्द्र यादव पक्षबाट आएका दानबहादुर विश्वकर्मा, थारुबाट रामकुमार लेखी बाहेक ८ जना ठाकुर पक्षमा देखिएका छन् ।ठाकुर, उनका सम्धि उमाकान्त झा, वृशेषचन्द्र लाल, सर्वेन्द्र शुक्ल, चन्दा चौधरी, जितेन्द्र सोनार, अकबाल अहमद र लक्ष्मण लाल कर्ण रहेका छन् ।कर्ण यस अघि महतोसित रहेका थिए ।

यादव पक्षमा लाग्नेहरुमा महेन्द्र यादव र राजकिसोर यादवका सहयोगीहरु बाहेक महतोतिरका नै अधिकांश छन् ।महतो एकतर्फी रुपमा संसदीय दलको नेता बनेपछि पार्टी भित्र विवाद झन चर्किएको थियो । प्रतिनिधि सभामापनि महतोको कोटामा राजपाबाट सांसद बनेकाहरुले उनको साथ छाडेर यादवतर्फ लागेका छन् ।महतोको कमजोर नेतृत्व र महत्वांकाक्षाले पार्टीमा ठूलो क्षति भएको आरोप ठाकुर पक्षमा लाग्न थालेको छ ।

निर्वाचन आयोगले ठाकुर समुहलाई अलग दल दर्ताका लागि मौका दिएपनि उनीहरु जसपामै रहेको दावी गरेका छन् ।निर्वाचन आयोगको फैसलाले ५१ सदस्यीय कार्यकारिणी समितिलाई नै मान्यता दिएकाले ठाकुर र यादव दुवै अध्यक्ष मिलेर बैठक बोलाए मात्र बैध हुनेछ’ ठाकुर समुहका नेता वृशेषचन्द्र लालले भने, दुवै अध्यक्षले बोलाएको बैठकमा बहुमतबाट निर्णयगरि कार्वाह ीगर्न सक्ने छ ।

यादवले एक्लै गर्न खोजे त्यो गैरकानुनी हुने उनको तर्क छ । निर्वाचन आयोगको फैसलापछि सबै नेताहरु आ–आफ्नो घर गएकाले अगामी रणनीतिबारे छलफल नभएको उनले बताए । मंगलवार ठाकुर पक्षको बैठक बस्ने र अगामी रणनीति बनाउने उनले बताए । यादव समुहलेपनि कार्यकारिणी समितिको बैठक राख्ने बताइएको छ ।

ओली सरकारमा मन्त्री भएकाहरुलाई पार्टीले सोधेको स्पष्टिकरणको जवाफ दिनुपर्ने र कार्वाही गरिएका ठाकुर, महतो, शुक्ला र कर्णलाई पार्टीमा नल्याइने कार्यकारिणी समितिका सदस्य महेन्द्र यादवले बताए । पार्टीको बालकुमारी स्थित केन्द्रिय कार्यालयमा रहेको ठाकुरको कार्यकक्ष महेन्द्र यादवलाई र राजेन्द्र महतोको कार्यकक्ष मृगेन्द्रसिंह यादवलाई दिएको छ ।

ठाकुर र महतोको नाम लेखिएको बोर्ड हटाइएको छ । निर्वाचन आयोगमा प्रारम्भदेखि अन्त्य सम्म अत्यन्त सकृय रहेकी कार्यकारिणी समिति सदस्य रेणु यादवले आयोगको फैसला अप्रत्यासित नभएको बताउँदै सविधान, ऐन, कानुन र लोकतान्त्रिक पद्धती अनुसार नै बहुमत पक्षलाई मान्यता दिएको बताइन् ।

ठाकुर समुहले अनधिकृत रुपमा जसपालाई बन्दी बनाउन गरेको प्रयास आयोगको फैसलाबाट विफल भएको उनले बताइन् ।ठाकुरपनि अध्यक्ष रहेको वहियात तर्क रहेको बताउँदै यादवले भनिन्, जसपामा अब उपेन्द्र यादव मात्र अध्यक्ष रहेका छन् ।