१६ चैत्र २०८०, शुक्रबार

लुम्बिनीमा शंकर पोखरेलको सत्ता शंकटमा, सांसदलाई आफ्नो पक्षमा पार्न पैसाको चलखेल

shankar pokhrel
फाइल फोटो

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पार्टी शंकट जोगाउन अधिकांस समय काठमाडौंमा बस्छन्। यसअघि केपी ओलीको शंकट टार्न गरेको प्रयास सफल हुन सकेन।अहिले पोखरेल ओलीको पार्टी सत्ता जोगाउन काठमाडौंका कोठे बैठकमा व्यस्त छन्।ओलीका अत्यन्तै विश्वास पात्र मानिने पोखरेल हरेक छलफलमा सहभागि हुन्छन्।

पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाल पक्षसँग कहिले औपचारिकत कहिले अनौपचारिक छलफलमा व्यस्त भइरहदा उनको प्रदेश सत्ता समेत चरम शंकटमा परेको छ।

पोखरेलले वैशाख १९ गते आफु अल्पमतमा परेकै बेलामा समेत बलमिच्याई गरेर मुख्यमन्त्रीको सपथ लिएका थिए।बिपक्षी गठबन्धनको विरोधका बाबजुद प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पोखरेलको कार्यकक्षमै गएर सपथ गराएका थिए।

झेली गरेर सत्तामा बसिरहने पोखरेलको श्रृङखला वैशाख ६ गतेदेखि सुरु भएको थियो।आफु विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुलाई मन्त्री बनाएर उनले आफ्नो सत्ता शंकट टारेका थिए।जनता समाजवादी पार्टी(जसपा)भित्रको विवादमा खेलेर पोखरेलले आफ्नो सत्ता लम्ब्याउने कोशिस गरेका थिए। पोखरेललाई साथ दिएका ४ सांसदलाई जसपाले निकालिदियो।त्यही मौकामा वैशाख १९पोखरेलले आफ्नो बहुमत दावी गरेर सरकार बनाएका हुन्।

उनले दावी गर्दैगर्दा आफ्नै पार्टीका सांसदहरुले राजिनामा दिएका थिए।नेकपाकालिन समयमा निर्वाचित भएकी सांसद बिमला केसीले माओवादी केन्द्र रोजेकी छन् भने दुई सांसदले राजिनामा दिएका छन्।

४२ सांसद भएको एमालेका ३८ सांसद छन्।सर्वोच्च अदालतले जसपाका संसदलाई पुनर्बाहली गरिदिएपछि त्यसलाई उनले बहुमतको आधार बनाएका छन्।तर पोखरेललाई साथ दिएका जसपाका ४ सांसद मध्ये १ जनाले साथ छोडेपछि ८३ सदस्यीय प्रदेश सभामा उनको पक्षमा ४१ सांसद मात्रै छन्।

लुम्बिनी सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले असार १८ गते राजिनामा दिएकी हुन्।जसपा विवाद निर्वाचन आयोगमा विचाराधिन छ।केही दिनमै जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले फैसला सुनाउनेछ।अहिलेसम्मको घटनाक्रम हेर्द जसपाको आधिकारकीत उपेन्द्र यादव पक्षले पाउने निश्चित छ।यस्तो अवस्थामा पोखरेल सरकारमा रहन सक्ने कुनै आधार बाँकी रहदैन।अहिले भने उनले प्राविधिक कारण देखाएर सरकार चलाइरहेका छन्।

विपक्षी गठबन्धनले मुख्यमन्त्रीको उमेदवारमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई अघि सारेको छ।केसीको पक्षमा ४१ सांसद छन्।माओवादी केन्द्रकै सभामुख भएकोले उनीहरुसँगपनि बहुमत पुग्न सकेको छैन।
प्रदेश प्रमुख विपक्षीय दलहरप्रति पुर्वाग्रही भएकै कारण पोखरेलको सत्ता जोगिएको हो।केपी ओली सरकारबाट हटेसँगै अब प्रदेश प्रमुख समेत फेरिने संभावना देखिएको छ।

प्रदेशमा सरकार टिकाउन सकिन्छकी भनेर पोखरेलले पैंसाको चलखेल समेत सुरु गरेको विपक्षी दलको गुनासो छ।

विपक्षी गठबन्धनका एक सांसदका अनुसार पोखरेलले विभिन्न उपाय लगाएर सांसदहरुलाई प्रलोभन देखाएका छन्।उनले विपक्षी गठबन्धनका केही सांसदहरुलाई राजिनामा गर्न लगाएर भएपनि सत्ता टिकाउन खोजेका छन्।त्यसो गर्न नसकेमा विश्वासको मत लिने बेलामा फ्लोर क्रस गराउने उनको योजना छ।

‘हाम्रो गठबन्धनमा रहेका सांसदहरुलाई उनले तान्ने प्रयास गरेका छन्। जसपामा महन्थ ठाकुर पक्षले ४० प्रतिशत पुर्याएर दल दर्ता गर्न सक्यो भने अहिलेकै सांसदहरुलाई टिकाउने मुख्यमन्त्रीको प्रयास हुनेछ। हाम्रा पक्षाकै संसदहरुलाईपनि करोडौको प्रलोभन देखाइएको छ।‘बिपक्षी गठबन्धनका ती सांसदले भने,‘हिजो केन्द्रको सत्ता आफु अनुकुल भएकाले पोखरेलको दादागिरी चलेको थियो।अब त्यो संभव छैन।पोखरेलको सत्ता गुम्ने निश्चित छ।’