८ बैशाख २०८१, शनिबार

भारतको सिको गर्दै नेपालका हिन्दूवादीहरूले पनि बागमतीमा पोखाए दूध

1627281616 PUBsU 1

भारतको उत्तर प्रदेशमा त्यहाँका हिन्दूवादीहरूले नदीमा दूध चढाएको सिको गर्दै नेपालका हिन्दूवादीहरूले पनि पशुपतिमा दूध चढाएका छन् । हिन्दूवादीहरूले आज पशुपतिस्थित बागमती नदीमा दूध चढाएका हुन् ।

भारतमा दूध पोखेको दृश्यप्रति जसपाका संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचना गरेपछि यो विषयले सामाजिक सञ्जालमा चर्चा पाएको छ । मानिसले उपभोग गर्ने दूध यसरी नष्ट गर्न नहुने भन्दै भट्टराईले टिप्पणी गरेपछि हिन्दूवादीहरू आक्रोशित बनेका थिए ।

यसैक्रममा नेपालका हिन्दूवादीले डा. भट्टराईको विरोधस्वरुप भारतको सिको गर्दै सोमबार बागमतीमा दूध घोप्ट्याएका हुन् । उनीहरूले बागमती नदीमा ट्यामीबाटै दूध पोखेर भट्टराईप्रति विरोध जनाएका छन् ।

भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीट्रमा राखिएको फोटोमा लेखिएको छ, ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईलाई दुध फ्याल्न लगाउँछ र पिशस पिउन लगाउँछ ।’ भट्टराईको हिन्दुको विश्वास र अनुष्ठानहरुको अपमान गरेको विभिन्न आरोप समेत लगाईएको थियो । दुधको मुल्य बढिरहेको समयमा धर्मको नाममा दुध नष्ट गर्नु गलत रहेको विभिन्न व्यक्तिहरुले बताएका छन् ।

    सम्बन्धित समाचार...