१२ बैशाख २०८१, बुधबार

उपेन्द्र यादवको पक्षमा ३४ सदस्यले गरे सनाखत

upendra yadav nirwachan 734x375 1
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) विवादमा निर्वाचन आयोग पुगेर उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका छन् ।

यादवका अनुसार आफूहरुको पक्षमा अहिलेसम्म जम्म ३४ जनाले हस्ताक्षर गरिसकेका छन् । उनले रेशम चौधरीलाई पनि निर्वाचन आयोगमै उपस्थित गराउने विषयमा निर्णय भइसकेको जानकारी गराए ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई निर्वाचन आयोगले उपस्थित भएर सनाखत गर्न भनेको थियो ।